विज्ञापन
समाज

बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक

सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ।

सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो।

उक्त सामुदायिक वनमा खोजतालस गर्दा झाडीभित्र लुकाइछिपाई राखेको अवस्थामा चार थान साबुत र दुईवटा नाल बेसाबुत गरी जम्मा छ थान अवैध भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले बताए।

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनापछि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

उक्त स्थानमा खोजतलास गर्दा तीन थान बेसाबुत र पाँच थान साबुत गरी जम्मा आठ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको सूचना अधिकारी बोहोराले बताए। फेला पारिएका अवैध भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।