काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ।
जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ। उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ। पोखरा भने अहिलेसम्म जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो। पोखरा आज लुम्बिनीलाई हराएर पहिलो जित दर्ता गर्ने योजनामा छ।
आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो। जारी संस्करणको एनपिएलमा पनि आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।