विज्ञापन
अर्थतन्त्र

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्च

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिँचाइ आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्।

जलस्रोत तथा सिँचाइ विभागले तीन महिनामा कुल २३९.३ करोड रुपैयाँ खर्च गरेको छ, जसमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको छ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार महाकाली सिँचाइ आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गर्दै ४३.७ करोड रुपैयाँ खर्च गरेको छ। यो आयोजनाको त्रैमासिक बजेटभन्दा अढाई गुणाभन्दा बढी हो।

विज्ञापन

त्यस्तै, बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टाले ८०.२ प्रतिशत र रानी जमरा कुलरियाले ७१ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।

यी चार ठूला आयोजनामा मात्रै १३९ करोड रुपैयाँ खर्च भएको छ, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो।

यसैगरी, प्रगन्ना–बड्कापथ आयोजनाले ८८.२ प्रतिशत प्रगति गर्दा गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।

विभागले तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ।

दोस्रो त्रैमासमा ढिलो सुरु भएका आयोजनालाई समेत गति दिने लक्ष्य राखिएको महानिर्देशक रजौरियाले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।