विज्ञापन
राजनीति

उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेट गरेका छन्।

आज भएको भेटका क्रममा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको हो।

सो अवसरमा मन्त्रीले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

विज्ञापन

साथै, आगामी दिनमा दुई देशबीच व्यापार विस्तार, आर्थिक साझेदारी तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत विचारविमर्श भयो।

नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउने विषयमा भेट सकारात्मक रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।