श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलगायत पत्रकारमाथि भएको धरपकड र समाचारको स्रोत खुलाउन दिइएको दबाबप्रति निन्दा गरेका छन्।
उनले पत्रकारमाथि गैरकानुनी ढङ्गले धरपकड गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने सरकारको कार्यशैलीलाई पञ्चायती शैलीको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत किरातीले बालेन सरकारको यस्तो कार्य सर्वसत्तावादी भएको टिप्पणी गरेका छन्।
‘गैरकानुनी ढङ्गले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलगायतका पत्रकारलाई धरपकड गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने सरकारको पञ्चायती शैलीप्रति घोर निन्दा गर्दछु,’ उनले लेखेका छन्।

सरकारको यस्तो कार्यले प्रेस स्वतन्त्रता कमजोर बनाउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि खराब हुने खतरा बढेको उनको भनाइ छ।
‘बालेन सरकारको यो सर्वसत्तावादी कार्यबाट प्रेस स्वतन्त्रता कमजोर मात्र हुँदैन, अन्तर्राष्ट्रिय रूपमा देशको छवि खराब हुने खतरा बढेकोमा गहिरो चिन्ता व्यक्त गर्दछु,’ किरातीले उल्लेख गरेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।