विज्ञापन
कला तथा मनोरञ्जन

नेपाली संस्कृतिको प्रवर्द्धनमा ‘भैलेनी देउसी रे’ सार्वजनिक

काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ सांगीतिक प्रस्तुति ‘भैलेनी देउसी रे’ सार्वजनिक भएको छ ।

नमस्ते वायरलेस र ब्लस हाउसको प्रस्तुतिमा तयार भएको गीतमा गायिका रेश्मा सुनुवारको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि सुनुवार स्वयंले तयार पारेकी हुन् ।

गीतको एरेन्ज तथा मिक्सिङ मास्टर पुष्कर सुनुवारले गरेका छन् । मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा बिना राउत र तालिशा गुरुङले अभिनय गरेका छन् ।

विज्ञापन

भिडियोमा सोनिका गजमेरले मेकअप, नितिन वाइबाले कोरियोग्राफी तथा नीरेन श्रेष्ठ र कुबेर तामाङले निर्देशन गरेका छन् । मोहन सुनुवारले छायांकन तथा सम्पादन गरेको भिडियोको पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो । निर्माणमा आरएमडी टक्सको सहयोग रहेको छ ।

नेपाली मौलिक भैली तथा देउसी संस्कृतिलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ । चाडपर्वसँग जोडिएको सांस्कृतिक परम्परालाई संगीत र दृश्य प्रस्तुतिमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिएको छ ।

गीत स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आईट्युन्स, सावन र अमेजन म्युजिकलगायत डिजिटल माध्यममा उपलब्ध हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।