गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन्।
केन्द्रीय प्रहरीका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने, खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले जिल्ला धनुषा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।