विज्ञापन
विविध

दसैं बिदाका कारण हेटौंडामा रगत अभाव

हेटौंडा।दसैं बिदाका कारण हेटौंडामा रगतको अभाव भएको छ। दसैं बिदाका कारण यस बीचमा विभिन्न संघसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए।

रगत अभाव भएसँगै केन्द्रका तर्फबाट संघ संस्थासँग रक्तदानका लागि आह्वान समेत गरिएको छ। संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत संकलन भएको उनले जानकारी दिए।

रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौंडाले रेडक्रस हेटौंडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौंडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए।

विज्ञापन

रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उनले रक्तदानका लागि सबैमा अनुरोध गरे।

रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौंडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ। हेटौंडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।