ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

तातोपानी नाका खुलाउन संवाद जारी: नेपालतर्फको खुल्यो, चिनियाँ पक्ष तयार भएन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्राकृतिक विपद्का कारण अवरुद्ध भएका तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर छलफल भइरहेको बताएका छन्।

‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ को आजको बैठकमा बोल्दै मन्त्री लम्सालले तातोपानी नाका खुलाउन नेपालतर्फ कुनै समस्या नरहेको बताए।

नेपालतर्फको सडक सञ्चालनमा आइसके पनि चिनियाँ पक्ष भने अझै पूर्ण रूपमा तयार नदेखिएको उनको भनाइ थियो।

विज्ञापन

‘हाम्रा लागि नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन, हामी तयार नै छौँ,’ मन्त्री लम्सालले भने, ‘चिनियाँ पक्षसँग हामी नियमित संवादमा छौं र रसुवागढी नाका पनि कसरी छिटो खुलाउने भन्नेमा लागिरहेका छौं।’

ठूलो प्राकृतिक विपद् आइलागेकाले नाका सञ्चालनमा केही प्राविधिक समस्या देखिए पनि सरकारले तत्काल सडक पूर्वाधार निर्माण र पुनःस्थापनाको काम अघि बढाइरहेको उनले जानकारी दिए।

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक मार्ग भएकाले त्यसलाई पुनः सञ्चालन गर्न आवश्यक पूर्वाधार पुनर्निर्माणको ठोस योजना बनाएर सरकार अघि बढेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।