ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिँदै, २६ लाखभन्दा बढी सूचीकृत

सरकारले देशभरका किसानलाई राज्यबाट उपलब्ध गराइने सेवासुविधासँग जोड्न छिट्टै किसान परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।

कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरण कार्य पूरा भएका पालिकाहरूबाट यो वितरण सुरु गरिनेछ।

प्रारम्भिक चरणमा काठमाडौंबाट परिचयपत्र बाँड्ने तयारी गरिएको केन्द्रका अनधिकृत डा. सञ्जीव पण्डितले जानकारी दिए।

विज्ञापन

परिचयपत्र प्राप्त गर्ने किसानले कृषि बिमा, सरकारी अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण कृषि कर्जा लगायतका लक्षित सुविधाहरू सहज रूपमा पाउनेछन्।

किसानको खेतीयोग्य जमिन, बाली, पशुपन्छी, सिँचाइ तथा व्यवसायको यकिन विवरणलाई तथ्याङ्कमा आधारित बनाउन यो परिचयपत्र उपयोगी हुने केन्द्रको भनाइ छ।

सरकारले ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ तथा ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ जारी गरी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान परिवार रहेका छन्। तीमध्ये हालसम्म २६ लाखभन्दा बढी किसान प्रणालीमा सूचीकृत भइसकेका छन् भने बाँकीलाई आबद्ध गराउने कार्य तीव्र पारिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।