ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ : जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले चुनावका बेला मात्रै भोट माग्न जाने राजनीतिक प्रवृत्तिको अन्त्य गर्न पार्टीले ‘हामी आउँदैछौं’ अभियान सञ्चालन गरेको बताएका छन्।

रास्वपा धादिङले आज धादिङबेँसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा प्रवक्ता खरेलले नागरिकका समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न यो अभियान थालिएको बताए।

‘सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन,’ उनले भने, ‘त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौं।’

विज्ञापन

सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उनको धारणा थियो।

धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुल प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले पूर्वाधारको शीघ्र पुनःनिर्माण आवश्यक रहेको बताए।

अभियानका लागि प्रवक्ता खरेलसँगै प्रतिनिधिसभा सदस्यहरू बसुमाया तामाङ र डा. राम लामा तथा पार्टीकी केन्द्रीय सदस्य सुशीला कार्की धादिङ आइपुगेका छन्।

रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार केन्द्रीय टोलीले जिल्लाका विभिन्न स्थानीय तहका टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछ।

यस क्रममा सङ्कलित स्थानीय समस्या र सुझावहरूलाई पार्टीको केन्द्रीय नीति निर्माण तथा सङ्गठनात्मक सुधारमा उपयोग गरिनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।