ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

झलनाथ खनालले नेकपा छाडेर समाजवादी जागरण अभियान चलाउने भए स्वागत गर्नुपर्छ : प्रमुख अर्याल

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले झलनाथ खनालले समाजवादी जागरण अभियानका लागि नेकपा छाड्न लागेको भए त्यसलाई नेपालका कम्युनिष्टहरूले स्वागत गर्नुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत अर्यालले यस्तो बताएका हुन्। उनले इमानदार र एकताबद्ध कम्युनिष्ट संगठन निर्माणका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको संगठन सम्पूर्ण रूपमा समाप्त हुनुपर्ने धारणा राखेका छन्।

‘यदी साच्चिकै झलनाथ कमरेडले समाजवादी जागरण अभियानका लागि नेकपा छाड्न लाग्नु भएको हो भने त्यो कदमलाई नेपालका कम्युनिष्टहरुले स्वागत गर्नुपर्छ,’ उनले भनेका छन्, ‘एउटा इमान्दार र एकताबद्ध संगठन निर्माण गर्न ओली र प्रचण्डले नेतृत्व गर्नु भएको संगठन सम्पूर्ण हिसाबले समाप्त नभइ हुँदैन।’

विज्ञापन

समाजवाद निर्माणका लागि ओली र प्रचण्डको नेतृत्व उपयुक्त छ भन्ने निष्कर्षमा पुग्ने हो भने वर्तमान संगठनलाई निरन्तरता दिन सकिने तर समाजवाद निर्माणका लागि इमानदार वाम आन्दोलन आवश्यक छ भन्ने मान्यता राख्ने हो भने ओली–प्रचण्ड नेतृत्वको संगठन भत्काउनुपर्ने उनको भनाइ छ।

‘त्यही भिडभाडलाई कायम राखेर जनतालाई झुक्याउँदै विभिन्न राजकीय पदमा पुग्ने नियत बनाउनुको सट्टा समाजवाद ल्याउनुपर्छ र त्यसका लागि इमानदार वाम आन्दोलन निर्माण गर्नुपर्छ भन्ने हो भने ओली र प्रचण्डहरूको संगठन भत्काउनै पर्छ,’ अर्यालले भने।

उनले पुरानो संगठनको भग्नावशेषबाटै नयाँ राजनीतिक शक्ति निर्माण हुने दाबी गर्दै द्वन्द्ववादको ‘निषेधको निषेध’ नियमले पनि यही कुरा सिकाउने बताए।

‘त्यही भग्नावशेषको जगबाट नयाँ चिज जन्मने हो,’ उनले भने, ‘द्वन्द्ववाद नै नमान्ने हो भने त सबैले आई लभ यु भन्दै हिँडे भइगयो नि!’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।