ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

आजदेखि प्रस्तावित १३ राजदूतको सुनुवाइ

प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।

आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्राप्त उजुरीहरू खोलिनेछन्। बैठकमा राजदूतमा सिफारिस भएका व्यक्तिहरूको कार्ययोजनासमेत वितरण गर्ने तयारी गरिएको छ। समितिले असोज ८ गतेको बैठकबाट राजदूत सिफारिस भएकाहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

१३ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँचवटा उजुरी परेका छन्। सार्वजनिक बिदाका कारण उजुरी दिने समय थपिएपछि सोमबारसम्म पाँचवटा उजुरी परेको हो।

विज्ञापन

समितिले राजदूतमा सिफारिस भएका व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न सार्वजनिक आह्वान गरेको थियो।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।

संसदीय सुनुवाइ समितिले उजुरीमाथि अध्ययन तथा सुनुवाइ प्रक्रिया पूरा गरेपछि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

समितिमा परेको पाँचवटै उजुरी कुन–कुन सिफारिस भएका व्यक्तिविरुद्ध हुन् भन्ने जानकारी भने आजको बैठकमा उजुरी खोलेपछि मात्रै सार्वजनिक हुने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।