ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : ७ हजार ११४ मतदाता सङ्ख्या कायम

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन्। केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत मतदाता नामावली तथा निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो।

निर्वाचन समितिका अनुसार प्रकाशित मतदाता नामावलीउपर दाबी-विरोधको प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली कायम गरिएको हो। महाधिवेशनबाट सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन हुँदैछन्।

समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि शुल्कसमेत तोकेको छ। सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

विज्ञापन

उम्मेदवारी दर्ताका लागि आवश्यक कागजातसहित प्रस्तावक र समर्थकको विवरणसमेत बुझाउनुपर्नेछ। सभापतिका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापति र महामन्त्रीका लागि सात-सात जना तथा सहमहामन्त्रीका लागि पाँच–पाँच जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि भने तीन जना प्रस्तावक र तीन जना समर्थकको व्यवस्था गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढेसँगै ७ हजार ११४ जना मतदाताले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्ने भएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।