विज्ञापन
समाज

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरण सञ्चालक समितिको बैठकअघि आज कार्यकारी निर्देशक तथा कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका समयमा बढ्न सक्ने विद्युत् मागको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन तथा कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए ।

विज्ञापन

त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्धताको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना आगामी बैठकमा पेस गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।