विज्ञापन
समाज

गृहमन्त्रीको राजीनामा माग्दै गोरखामा प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने विषयमा सामाजिक सञ्जालमार्फत प्रकाशित तथा प्रसारित समाचारप्रति जिल्ला प्रशासन कार्यालय गोरखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले कात्तिक १४ र १५ गते गृहमन्त्री गुरुङको दुई दिने जिल्ला भ्रमणलाई लक्षित गरी ‘माननीय गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन’ जस्ता विषय र जिल्लामा हुँदै नभएको, नदेखिएको अवास्तविक भिडियो फुटेजसमेत राखेर विभिन्न व्यक्ति तथा सामाजिक सञ्जालमार्फत प्रकाशित र प्रसारित समाचार टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कार्यालयका अनुसार गृहमन्त्री गुरुङको दुई दिने भ्रमण त्रुटिरहित अवस्थामा सम्पन्न भई उनी आइतबार जिल्लाबाट आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

विज्ञापन

जिल्ला प्रशासन कार्यालयले भ्रमणका सन्दर्भमा प्रकाशित तथा प्रसारित समाचार टिप्पणीहरू भ्रामक, कपोलकल्पित र आधारहीन रहेको उल्लेख गरेको छ। साथै, गलत, तथ्यहीन तथा भ्रामक सूचना र टिप्पणी प्रकाशन तथा सम्प्रेषण नगर्न आग्रह गरेको छ।

यस्ता तथ्यहीन र आधारहीन समाचार टिप्पणीमा कुनै सत्यता नभएकाले विश्वासमा नपर्न सर्वसाधारणलाई अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सबैलाई सत्यतथ्य बुझेर मात्र सूचना तथा समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।