ब्रेकिङ न्युज
विज्ञापन
समाज

कोहलपुर पोलिक्लिनिक घटना : पाँच सदस्यीय छानबिन समिति गठन

बाँकेको कोहलपुर नगरपालिका-११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक बिरामीमाथि दुर्व्यवहार भएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार शनिबार भएको घटनाबारे अनलाइनमार्फत उजुरी परेको थियो। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समिति गठन गरेको हो।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीले बताएका छन्।

विज्ञापन

प्रहरीका अनुसार जाहेरीका आधारमा कोहलपुर नगरपालिका-११ का ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। थापा उक्त पोलिक्लिनिकका सञ्चालकसमेत रहेको र उनीसँग सीएमए प्रमाणपत्र मात्र रहेको प्रहरीले जनाएको छ। उपचारका लागि आवश्यक इजाजतसमेत नभएको प्रहरीको भनाइ छ।

यो पनि पढ्नुहोस्

कोहलपुर पोलिक्लिनिक प्रकरण: विवादमा परेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा

प्रहरीले थापामाथि नेपाल मेडिकल काउन्सिलको ‘व्यावसायिक आचारसंहिता तथा आचरण, २०१७’ विपरीत काम गरेको आरोपसम्बन्धी पक्षमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थापामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।