ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारको प्रथम नामावली प्रकाशित (सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका उम्मेदवारको प्रथम नामावली प्रकाशित गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी दिएका व्यक्तिहरूको प्रथम नामावली प्रकाशित गरेको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन असोज १६ देखि २२ गतेसम्म हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ। सोही कार्यतालिका अनुसार निर्वाचित हुने विभिन्न पदका लागि उम्मेदवारी परेका व्यक्तिहरूको प्रथम नामावली सार्वजनिक गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

विज्ञापन

प्रकाशित प्रथम नामावलीमा कुनै दाबी–विरोध भए निर्धारित प्रक्रियाअनुसार पेस गर्न सकिने समितिले जनाएको छ।

दाबी–विरोधका लागि असोज २१ गते बिहान १० देखि १२ बजेसम्म आवश्यक कागजातसहित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न समितिले सूचित गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।