ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको हुँ : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन डा. मन्त्री महावीर पुनले अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने र विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि ल्याउन खोजिएका अध्यादेश जारी गर्न नसकेपछि आफूले म्याग्दीबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन्।

उनले गत माघ ४ गते बेलुकीसम्म आफू मन्त्री हुँदा विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने उद्देश्यले ल्याउन खोजिएको विश्वविद्यालय ऐनको अध्यादेश र देशमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने ऐनको अध्यादेश जारी गर्न सफल भएको भए आफू म्याग्दीबाट चुनाव नलड्ने जिकिर गरे।

विज्ञापन

‘विश्वास गर्नुस् या नगर्नुस्, गत माघ महिनाको ४ गते बेलुकीसम्म त्यतिबेलाको म मन्त्रीले ल्याउन खोजेको विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने विश्वविद्यालय ऐनको अध्यादेश र देशमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने ऐनको अध्यादेश ल्याउन सफल भएको भए म म्याग्दीबाट जसले जे जति फर्काइ–फुल्याइ गरे पनि चुनाव लड्ने नै थिइनँ,’ पुनले भने।

उनले आफू अध्यादेश ल्याउन नसकेपछि म्याग्दी गएर चुनाव लडेको दाबी गरे। चुनाव प्रचारका क्रममा पनि आफूले यही कुरा बताएको उनको भनाइ छ। ‘अध्यादेश ल्याउन नसकेर म्याग्दी गएर चुनाव लडेको हो। यही कुरा चुनाव प्रचारमा पनि भनेकै हो,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।