ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस र रास्वपा एउटै आचरणका नयाँ दल : मिराज ढुङ्गाना

जेनजी अभियन्ता मिराज ढुङ्गानाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक आचरणका हिसाबले उस्तै रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत ढुङ्गानाले कांग्रेसमा पाँच जनाको अनुहार फेरिँदैमा पार्टी परिवर्तन भएको मान्न नसकिने बताएका हुन्। उनले ३५ वर्ष देश बिगारेको आरोप लगाइएका राजनीतिक शक्तिले तीन दिनमै सबै समस्याको समाधान गरेको दाबीलाई विश्वास गर्नुपर्ने अवस्था आएको भन्दै व्यङ्ग्य गरेका छन्।

‘५ जना अनुहार फेरिए, कांग्रेस फेरियो रे। ३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनुपर्ने रे,’ उनले लेखेका छन्।

विज्ञापन

उनले कांग्रेस र रास्वपा दुवैलाई राजनीतिक आचरणका हिसाबले उस्तै भएको र नयाँ देखिए पनि व्यवहारमा फरक नरहेको बताएका छन्।

‘ध्यान दिएर हेर्नुभयो भने यी दुवै उस्तै खालका ‘नयाँ’ हुन्, राजनीतिक आचरण त्यही, लालीपोपतो नयाँ। एउटै डालामा राख्दा फरक पर्दैन,’ उनले लेखेका छन्। ढुङ्गानाले २३ र २४ को विद्रोहले नेपाली समाजमा व्याप्त चरम निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको उल्लेख गरेका छन्।

‘२३ र २४ को विद्रोहले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको थियो, जुन रिकन्डिसन गरेका पुराना दलले सक्दैनन्,’ उनले भनेका छन्।

उनले कांग्रेस र रास्वपालाई नै विकल्प मान्ने हो भने २३ र २४ को घटना फेरि दोहोरिने चेतावनीसमेत दिएका छन्। राजनीतिक निराशाको समाधान र पुनर्गठनका लागि तेस्रो ध्रुव (थर्ड पोल) आवश्यक रहेको उनको निष्कर्ष छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।