राजनीति

सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाको प्रणाली एकीकृत गर्नेबारे छलफल

हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ।

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल गरिएको हो।

बैठकमा तीनवटै निकायलाई एकीकृत गर्न दुईवटा सम्भावित कानुनी विकल्पमाथि विचार-विमर्श गरिएको छ। जसअनुसार विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी ती निकायलाई आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने विकल्पमाथि छलफल भएको हो।

विज्ञापन

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको उपस्थिति थियो। साथै, बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।