कर्णाली।कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ । परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज गरेका हुन्।
कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले मुलुकमा संघीयताको तीन तहको अभ्यास भइरहेकाले यसबीचमा देखिएका वित्तीय समस्या र असल अभ्यसाका विषयमा बैठकमा गहन छलफल हुने बताए।
उनका अनुसार परिषद् बैठकमा वित्तीय संघीयता सुदृढीकरणका लागि अन्तर तह समन्वय तथा तहगत भूमिका, प्रदेशहरुले गरेका असल अभ्यास, कार्यान्वयनको अवस्था, देखिएका समस्या, चुनौती, आगामी कार्यदिशा र अघिल्लो बैठकका निर्णयको समीक्षा, भोगाइ तथा अनुभवका बारेमा छलफल गरिनेछ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले अध्यक्षता गरेको उक्त बैठकमा कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री क्रमशः विदुरकुमार लिङ्थेप, युवराज भट्टराई, सरल सहयात्री पौडेल, इन्द्रजित थारु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्री र डा. खिमलाल देवकोटा सहभागी भएका छन्।
त्यस्तै, ६ प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव क्रमशः कोशहरि निरौला (कोशी), सेवन्तक पोखरेल (मधेस), नारायणप्रसाद मैनाली (बागमती), डाटोकराज पाण्डे (गण्डकी), नि .प्रदेश सचिव नारायणप्रसाद पौडेल (लुम्बिनी) र लीलाप्रसाद शर्मा (कर्णाली) को सहभागिता रहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।