ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरका पूर्वप्रमुख सरावगी रास्वपामा प्रवेश

नेकपा एमालेका केन्द्रीया सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

सरावगीले अनलाइन सदस्यता लिएर रास्वपा प्रवेश गरेका हुन्। सरावगीले पिआरएस १ ख ०००४३५७७६ नम्बरको रास्वपाको सदस्यता लिएको बताइएको छ।

सरावगी कुनै पनि पार्टीमा लामो लगानी नगरे पनि पैसाको दम्भमा पार्टी प्रवेश गर्दै अवसर लिने कार्यमा अग्रपङ्तिमा रहेको वीरगञ्जमा चर्चाको विषय बनेका छ।

विज्ञापन

देश भक्ति र भ्रष्टाचार विरोधी पार्टी रास्वपा लागेकाले आफू रास्वपाको सदस्यता लिएको सरावगीले बताएका छन्।

वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा टिकट पाउने निश्चित भएर रास्वपाको सदस्यता लिएको भनेर गरिएको प्रश्नमा उनले आफू रास्वपाको सदस्य मात्रै भएको र पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने उनले बताए।

पार्टी बदलेर अवसर लिने गरेका कारण वीरगञ्जवासीमा ‘दल बदलु’ र ‘अवसारवादी नेताको’ क्षवी बनाएको प्रश्नमा सरवागीले अब जिन्दगीभर रास्वपामै रहने तर्क गरेका छन्।

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखमा सरावगी विजयी भएका थिए। नगर प्रमुखमा रहँदा जसपाका तत्कालीन नेता प्रदीप यादवसँग विवाद भएपछि सरावगी एमाले प्रवेश गरेका थिए।

२०७९ सालको दोस्रो स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगञ्जको नगर प्रमुखमा उम्मेदवार बनेका सरावगी जसपाका उम्मेदवार राजेशमान सिंहसँग पराजित बनेका थिए।

जसपा–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेर नगर प्रमुखमा राजेशमान सिंह विजयी बनेका थिए।

जसपाले प्रदीप यादवलाई २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाएपछि नगर प्रमुख सिंह र यादव एमालेमा प्रवेश गरेका थिए।

प्रदीप यादव एमालेमा प्रवेश गरेर पर्सा १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बने पनि रास्वपाका उम्मेदवार हरि पन्तसँग पराजित बनेका थिए।

राजेशमान सिंह र प्रदीप यादव एमालेमा प्रवेश गरेपछि सरावगीले एमालेबाट पुनः नगर प्रमुखमा उम्मेदवार बनाउने कुरामा निश्चित नदेखिएपछि उनी रास्वपामा प्रवेश गरेको बताइएको छ।

रास्वपा पर्साका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्ज महानगरपािलकाका पूर्वप्रमुख तथा एमाले केन्द्रीय सदस्य सरावगीले रास्वपाको अनलाइन सदस्यता लिएको जानकारी भएको बताएका छन्।

पन्तले वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्नका लागि सरावगी रास्वपा प्रवेश गरेको चर्चा चलेको प्रश्नमा पन्तले पार्टीमा नयाँ प्रवेश गरेका भन्दा पनि पुरानै कार्यकर्ताहरूलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउन नीति रहेको बताए।

व्यापारी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेको सरावगी पार्टीहरूमा लगानीभन्दा पनि अवसर लिनेमा अगाडि देखिँदै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।