नेपाली कांग्रेसका सांसद निश्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। बिहीबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी शल्यक्रिया गरिएको हो।
राईले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै शल्यक्रिया सफल भएको बताएका छन्।
‘हिजो अचानक एपेन्डिसाइटिसको समस्या देखिएपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्था आयो। हिजो राति शल्यक्रिया सम्पन्न भई हाल उपचाररत छु,’ उनले लेखेका छन्।

उनले शल्यक्रिया सफल बनाउने चिकित्सक तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्।
स्वास्थ्यमा समस्या देखिएर उपचाररत रहे पनि आफ्नो उम्मेदवारीप्रति समर्थकहरूले देखाएको माया, सद्भाव र साथले आफूलाई ठूलो हौसला मिलेको राईले बताएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।