विज्ञापन
प्रदेश

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज तथा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

दिनको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ। खेलेका दुवै खेलमा जित हात पारेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ। यता, काठमाडौं गोर्खाजले भने प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग हार बेहोरेको थियो।

विज्ञापन

त्यसैगरी, चितवन राइनोजले खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ। चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो भने वर्षाका कारण लुम्बिनी लायन्ससँगको खेल अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

सुदूरपश्चिम रोयल्सको प्रदर्शन भने मिश्रित रहेको छ। तीन खेल खेलेको सुदूरपश्चिमले एक जित र दुई हार बेहोरेको छ। टोलीले पोखरा एभेन्जर्सलाई पराजित गर्दा लुम्बिनी लायन्स र विराटनगर किंग्ससँग हार बेहोरेको थियो।

आजका दुवै खेल टोलीहरूको अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले महत्वपूर्ण रहनेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।