समाज

सुनसरीमा तीन सवारी आपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृ’त्यु, पाँच जना घाइते

सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा ७ वर्षीया एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।

इनरुवा नगरपालिका-०५ बलाहास्थित भित्री सडक-खण्डमा बुधबार साँझ करिब ५ बजे उक्त दुर्घटना भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटर र सोही दिशाबाट आउँदै गरेको साइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी कुल ६ जना घाइते भएका थिए।

विज्ञापन

गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका-०९ बस्ने सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। उनलाई उपचारकै क्रममा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा स्कुटर चालक इनरुवा नगरपालिका-०७ बस्ने अन्दाजी ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-०३ बस्ने अन्दाजी २२ वर्षीय सागर सरदार रहेका छन्।

त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा इनरुवा नगरपालिका-०५ बलाहा बस्ने अन्दाजी ४७ वर्षीय साइकलयात्री इन्द्रजित मण्डल घाइते भएका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।