समाज

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

काठमाडौं उपत्यका तथा भक्तपुरका सडकमा सञ्चालित बसमार्फत यात्रुहरूलाई गन्तव्यसम्म पुग्न सहज बनाइएको हो।

भाइटीकाका दिन सडकमा सार्वजनिक सवारीसाधन अत्यन्त न्यून चल्ने भएकाले चाडबाडका बेला सर्वसाधारणको सहज आवतजावतलाई ध्यानमा राखी सशस्त्र प्रहरीले निःशुल्क बस सञ्चालन गरेको थियो।

विज्ञापन

उक्त बस सेवा बिहान ८:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन गरिएको थियो। जसअन्तर्गत काठमाडौंको चक्रपथ परिक्रमा गर्ने बसले एक हजार ७६६ जना र भक्तपुर रुटमा चलेको बसले ७२० जना यात्रुलाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।