समाज

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० (२०८३ मंसिर ९ देखि २४ गते) सम्म सञ्चालन हुनेछ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “UNiTE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity.” रहेको छ। यसको नेपाली भावार्थ महिलाहरू तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने रहेको छ।

विज्ञापन

त्यसैगरी, नेपालको राष्ट्रिय नारा “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” तय गरिएको छ।

अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्दै पीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको छ।

लैङ्गिक हिंसाको अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सरोकारवाला सबै पक्षको साझा प्रयास, जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।