राजनीति

राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ। महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित गरिनेछन्।

पार्टीको व्यवस्था अनुसार सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। ९ जना प्रतिनिधिमध्ये ३ जना महिला र १ जना उत्पीडित समुदायबाट अनिवार्य रूपमा चयन हुनेछन्। साथै आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी २ जना चयन गरिने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको छ।

विज्ञापन

यसअघि विभिन्न तहमा भएका अधिवेशनबाट चयन भएका अध्यक्षहरू भने स्वतः महाधिवेशन प्रतिनिधि बनिसकेका छन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुनेछन्।

पदेन प्रतिनिधिबाहेकका अन्य प्रतिनिधिहरू भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने राप्रपाले जनाएको छ। हिमाल, पहाड र तराई क्षेत्रका लागि पार्टी विधान तथा निर्देशिकाअनुसार निर्धारित संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूबाट प्रतिनिधि चयन गरिनेछ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्मको समयतालिका तय गरिएको छ। सो अवधिभित्र प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।