राजनीति

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।

आइतबार बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुगेका थापाले पीडितका लागि दीर्घकालीन बसोबासको व्यवस्था गर्न राज्यले निजी जग्गा खरिद गरेर भए पनि व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिए।

सो क्रममा उनले सडकको टुंगो लगाएर बस्ती व्यवस्थापन गर्नुपर्ने बताउँदै सार्वजनिक जग्गा नभएका क्षेत्रमा निजी जग्गा किनेर दिनुको विकल्प नरहेको धारणा राखे।

विज्ञापन

बाढी प्रभावित क्षेत्रको अवलोकनपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने थापाले जानकारी दिए। बाढीपहिरो, भूकम्पलगायत विपद्का बेला सुरुमा सबैले चासो राखे पनि विस्तारै ती विषय ओझेलमा पर्दा प्रभावितहरू समस्यामा पर्ने गरेको उनको भनाइ थियो।

संघीय सरकारले विपद्पछिको काम सकिएको जस्तो भान पार्न खोजेकाले आफू स्वयं स्थलगत अवलोकनमा निस्किएको थापाले बताए।

थापाले धादिङस्थित फुर्केखोलानजिकै पुल हाल्ने तयारी भइरहेको उल्लेख गर्दै त्यहाँ पक्की पुल वा बेलिब्रिज निर्माणको काम तत्काल थाल्न सरकारसँग आग्रह गरे

गत भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ती जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।