राजनीति

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरूबीच जलवायु उत्थानशीलता, नेपालमा गएको हालैको बाढीपछिको पुनःस्थापना तथा द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अर्थपूर्ण छलफल भएको परराष्ट्रमन्त्री खनालले बताए ।

नेपालको हालैको प्राकृतिक विपद्पछिको पुनःस्थापना प्रयासमा बंगलादेशले गरेको सहयोगप्रति परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका छन् ।

विज्ञापन

नेपाल र बंगलादेशबीचको आत्मीय सम्बन्ध, पारस्परिक सम्मान र मित्रतालाई आफूले उच्च महत्त्व दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।