राजनीति

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउँदै सडक सुरक्षा सुधारका लागि ठूलो मिहिनेत र लगानी आवश्यक रहेको भनाइ राखे।

‘मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज भएको माइक्रोबस दुर्घटनाको समाचारले स्तब्ध बनाएको छ। सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्नेछ,’ उनले सामामजिक सञ्जालमार्फत भने।

विज्ञापन

गजुरेलले सडक सुरक्षा सुधारका लागि पूर्वाधार विकास मन्त्रालयलाई विशेष कार्यक्रम लागू गर्न आग्रह गरेका छन्।

उनले सडक सुरक्षा ऐन छिट्टै पारित गरी सडक सुरक्षा सुधारका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

‘पूर्वाधार विकास मन्त्रालयले यस विषयमा विशेष कार्यक्रम लागू गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘सडक सुरक्षा ऐन छिट्टै पारित गरी सडक सुरक्षा सुधार गर्न कार्यक्रम लागु गर्ने छौँ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।