समाज

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएका विशेष टोलीले बाँधको ३० फिट पानी मुनि माटोमा गाडिएको अवस्थामा आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्किले जानकारी दिए।

विज्ञापन

छ जना साथीसँग नुहाउन गएका चौधरी बाँधमा डुबेको खबर पाउनासाथ खोजी कार्यका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।