ओलीले भने : नेपाल श्रीलंकासम्म पुग्ने नै लक्षण देखियो

 कोरखबर   २७ असार, २०७९



२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् ।

सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने बताएका हुन् ।

‘अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ’ उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’ त्यसैले अहिले नै सतर्क हुनुपर्ने उनको भनाइ छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र हतियार खरिदका विषय अर्थमन्त्रीको तहबाट मात्र नभएको ओलीले बताए । ‘हतियार खरिद न रक्षामन्त्री र अर्थमन्त्रीले नै गर्न सक्छ, न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले नै गर्न सक्छ’ उनले भने, ‘अर्थमन्त्री एउटैको पनि चल्दैन ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post