एमाले महाधिवेशनको खर्च नौ करोड पुग्ने !

 कोरखबर   १४ मंसिर, २०७८



मंसिर १४,काठमाडौं । एमालेको दसौं महाधिवेशन तोकिएभन्दा समय लम्बिँदा करिब डेढ करोड रुयैयाँ खर्च बढ्ने भएको छ।

महाधिवेशनका लागि एमालेले साढे सात करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरेको थियो। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘डेढ दिन लम्बिँदा थप डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं।’

उनले महाधिवेशनका लागि नौ करोड खर्च लाग्ने अनुमान गरेका छन्। एमालेको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्मका लागि तोकिएको थियो।

यसैबीच मतदान सकिएकाले अब प्रतिनिधिहरुका लागि होटल बुक नगरिने नेता यागेश भट्टराईले बताए। उनले भने, ‘आज मतदान सकिएको छ। साँझदेखि प्रतिनिधिहरुका लागि खानेबस्ने व्यवस्था पार्टीले गर्ने छैन।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post