संसद बैठक सुरू हुनेबित्तिकै एमालेको अवरोध !

 कोरखबर   २८ मंसिर, २०७८



मंसिर २८, काठमाडौं । संघीय संसदको आज सुरू भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गर्नेबित्तिकै प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरू उठेर नाराबाजी सुरू गरे।

बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधि थलोलाई अवरोध नगरी सिर्जनात्मक बहसमा सहभागी हुन एमाले सांसदलाई आग्रह गरेका छन्।

विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो।

एमाले अवरोधकै बीच संसदमा प्रतिस्थापन विधेयक ल्याएर पूर्ववर्ती केपी ओली सरकारले ल्याएको बजेटमा हेरफेर गरिएको थियो । विरोधका बीच विधेयक पारित समेत भएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post