स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्दै एमाले !

 कोरखबर   २६ मंसिर, २०७८



मंसिर २६, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि बस्दैछ । भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा आइतबार ११ बजेपछि बस्ने बैठकले पार्टीको स्थायी समिति र  पोलिटब्यूरो कमिटी गठन गर्ने एजेण्डा छ ।

१५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो । आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने तयारी छ । स्थायी समिति र पोलिटब्युरोमा पर्ने नामहरूबारे शनिबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सामान्य जानकारी गराएका थिए । शनिबारको बैठकले २३ पुसमा  जिल्ला अधिवेशन, ८ माघमा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post