जेठ २०, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो।
विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो। इन्धनको मूल्यअनुसार स्वचालित भाडादर लागू हुने व्यवस्था भएसँगै विभागले भाडा घटाएको हो।
आयल निगमले शुक्रबारदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। विभागले डिजलको मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६.१ प्रतिशत घटी भएकाले भाडा दर समायोजन भएको जनाइएको छ।
यस्तो छ समायोजित भाडादर :