यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

 कोरखबर   १६ जेठ, २०७९



जेष्ठ १६, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गरेको छ ।

पुरानो सफ्टवेयर सहित अनलाइन आवेदन व्यवस्थापन प्रभावकारी नभएपछि बन्द भएको अनलाइन आवेदन नयाँ प्रणाली सहित आजबाट पुन सुरु हुन लागेको हो । विभागका अनुसार आज (सोमबार) साँझ ६ बजे देखि सेवाग्राहीले विभागको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

यो भन्दा अगाडि दिइएका आवेदनहरू भने रद्द हुने विभागले जनाएको छ । पहिले आवेदन दिएको बेला जेठ १६ गते भन्दा पछि अफिस भिजिट डेट पाएका सेवाग्राहीले पनि नयाँ आवेदन दिनुपर्ने भएको छ ।

साथै लाइसेन्सको वर्ग थप गर्न चाहनेहरूको लागि आउँदो सोमबार (जेठ २३) गतेबाट अनलाइन आवेदन खुलाउने विभागले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post