सीके राउतको उर्दी : चुनाव लड्न ५० लाखको व्यवस्थापन गर्नु !

 कोरखबर   २९ मंसिर, २०७८



मंसिर २९,काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा कसैलाई कुनै खर्च नदिने भन्दै आआफ्नो चुनावका लागि आफै व्यवस्था गर्न उम्मेदवार हुन चाहने नेताहरुलाई निर्देशन दिएको छ । पार्टीको भातृसंगठन प्रेस जनमत संघका अध्यक्ष बीपी यादवका अनुसार चुनावको विषयमा छलफल गर्न बसेको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो निर्देशन दिएका हुन् । 

वडाध्यक्षको उम्मेदवारका लागि सवा लाख, पालिका अध्यक्ष तथा मेयरका लागि प्रति वडा सवा लाख, प्रदेश सभा सदस्यका लागि २५ लाख र प्रतिनिधिसभा सदस्यका ५० लाख रुपैयाँ व्यवस्था गर्न पार्टीले निर्णय गरेको यादवले बताए । 

अध्यक्ष राउतले बैठकमा भने, ‘चुनावमा जो जो उम्मेदवार बन्छ, त्यसलाई पार्टीले एक रुपैयाँ दिने छैन । चुनावको खर्च आफैले व्यवस्था गर्नुपर्छ । चुनावका लागि मतदाता किन्न होइन, सामान्य खर्चका लागि रकमको व्यवस्था गर्नुस् ।’ 

त्यस्तै, दुई दिनदेखि धनुषाको ढल्केबरमा चलेको जनमतको विस्तारित केन्द्रीय समितिले कभरेज अभियान सफल भएको निस्कर्ष निकालेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post