प्रचण्डको दावी : मधेश प्रदेश नामकरण आफ्नै पार्टीको एजेन्डा अनुसार भयो

 कोरखबर   ५ माघ, २०७८



५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको बताउनु भएको छ ।

प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक बधाई सन्देश दिनुहुँदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफल बताउनु भएको हो ।

साथै उहाँले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको प्रति प्रदेशका सांसद तथा सम्पूर्ण प्रदेश बासिन्दालाई बधाई दिनु भएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post