ओलीले सोधे : २४ लाख खोप कसले बेच्यो ?

 कोरखबर   ९ माघ, २०७८



माघ ९, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ लाख खोप कसले कहाँ बेचेको भन्दै प्रश्न गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुन थालेको छ । पूर्ववर्ती सरकारले शून्यबाट सुरु गरेर ८० भन्दा बढी प्रयोगशाला, दर्जनौं कोभिड अस्पताल, हजारौँ शैयाहरु, अक्सिजन प्लान्ट, थप पूर्वाधारहरु एवम् पर्याप्त खोपको प्रबन्ध गरेको थियो । तर, यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ । २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र जज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले नै दिइरहेका छन् । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?”



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post