प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेट

 कोरखबर   ४ बैशाख, २०७९



४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसाग भेट गरेका छन् ।

आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका छन् ।

भेटमा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post