माघ ७, काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीनवटा दलको दर्ता खारेज गरिएको आयोगले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाएको र आयोगको सूचनाअनुसार जरिवाना समेत नबुझाएका कारण दल दर्ता खारेज गरिएको प्रष्ट पारेको छ ।
आयोगको ३० पुषमा बसेको बैठकले दल दर्ता खारेज सम्बन्धी निर्णय गरेको हो ।