संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य !

 कोरखबर   १२ कार्तिक, २०७८



कात्तिक १२, काठमाडौँ । संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन् ।  

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले हिजो बिहीबारमात्रै कात्तिक २९ गतेसम्मको लागि लागि प्रतिनिधि सभाको बैठक अन्त्य भएको जानकारी गरेका थिए । तर, हिजो नै संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गर्‍यो । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको थिएन ।  

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post