परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ !

 कोरखबर   ६ असोज, २०७८



असोज ६, काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने भएपछि सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।

राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्री नियुक्त गर्दै परराष्ट्रमन्त्रीको कार्यभार सुम्पिएकी थिइन् । उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित खड्का कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुखसमेत हुन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइएको हो । मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेपछि मन्त्रीको टुंगो लागेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post