प्रधानन्यायाधीशलाई भेटेर फर्किए १५ न्यायाधीश !

 कोरखबर   ९ कार्तिक, २०७८



कात्तिक ९, काठमाडौं । सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबरालाई भेटेर फर्किएका छन्। सोमबार डाकिएको ‘फुल कोर्ट’बहिष्कार गरेका सर्वोच्च अदालतका १५ न्यायाधीशले मंगलबार मध्यान्ह १२ बजेदेखि आधा घण्टासम्म प्रधानन्यायाधीश जबरालाई भेटेका हुन्।

सर्वोच्चमै आन्तरिक छलफल गरेपछि न्यायाधीश दीपक कार्की, हरिकृष्ण कार्की, तेजबहादुर केसी र मीरा खड्कासहितका न्यायाधीशहरु प्रधानन्यायाधीश जबरालाई भेट्न पुगेका थिए।  उनीहरुले जबरालाई भेटेर अहिलेको संकटलाई निकास दिन राजीनामाको बाटो अपनाउन भनेको स्रोतले बताएको छ।

वर्तमान गठबन्धन सरकारमा ‘भाग’ खोजेकोसहित आरोप लागेका प्रधानन्यायाधीश जबरालाई उनीहरूले भेटपछि अब नेपाल बार र सर्वोच्च बारको टोलीले पनि भेट्दैछ। सोमबार (फुल कोर्ट) र इजलाससमेत बहिष्कार गरेका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेटेपछि थप रणनीति बनाउने भएका छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post