कोप– २६ मा सहभागी हुन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान !

 कोरखबर   १२ कार्तिक, २०७८



कात्तिक १२, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको छ ।

जलवायुसम्बन्धीको कोप–२६ मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो । बिहान १०ः४० को कतार एयरको उडानबाट बेलायत प्रस्थान गरेको बताइएको छ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, गृहसचिव, अर्थसचिव, परराष्ट्रसचिव, ऊर्जासचिव, वन तथा वातावरण सचिव, राष्ट्रिय योजना आयोगका सचिवलगायत छन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई तोकिएको छ । बेलायत भ्रमणमा रहेको टोली कात्तिक १८ गते फर्कने कार्यक्रम छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post