काठमाडौंको रिङरोडमा ५१८ सवारी ‘होल्ड’ , आफैंले बढाएको भाडा लागू गर्न माग !

 कोरखबर   १८ असोज, २०७८



असोज १८, काठमाडौं । यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् ।

सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा बसलाई जरिवाना गरिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले बताए ।

सोमबार पिक आवरमा चावहिल, ग्वार्को, महाराजगञ्ज, एयरपोर्ट, बालाजु बसपार्क र सीतापाइलामा व्यवसायी आफैंले ५१८ वटा गाडी ‘होल्ड’ मा राखेका हुन् । चालकले गाडी सडक किनारामा राखेर बसेपछि चाबहिलमा यात्रुहरु अवरोधमा उत्रिएका छन् । यात्रु र चालकको बीचमा झडपको अवस्था आएपछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

व्यवसायी आफैंले भाडा वृद्धि गरेर १५ रुपैयाँ लिँदै आएको रुटमा २० रुपैयाँ, २० रुपैयाँ लिँदै आएको रुटमा २८ रुपैयाँ र यसअघि २५ लिने गरेको रुटमा ३५ रुपैयाँ निर्धारण गरेपछि ट्राफिक प्रहरी महाशाखाले जरिवाना गर्न थालेको थियो ।

अन्तर प्रदेश राजमार्गमा चल्ने सवारीमा २८ प्रतिशत सरकारले नै बृद्धि गरेको थियो ।



 प्रतिक्रिया


 थप

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?


ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या


यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने


सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित

सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित


छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !


मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !


माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post