लाइसेन्सको नयाँ आवेदन दशैपछि खुल्ने !

 कोरखबर   ३ असोज, २०७८



असोज ३, काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ। कोभिड-१९ कारण बन्द भएको पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने छ। उनले भने‚ ‘लामो समयदेखि बन्द भएको नयाँ आवेदन दोस्रो साताबाट खोल्ने छौँ, त्यसपछि सेवाग्राहीले भर्न सक्ने छन्।’

विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको छ।

विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ। प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चाररचार अंकका जम्मा २५ वटा वस्तुगत बहु उत्तर प्रश्नहरू सोधिने छन्।

लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तिर्ण हुने र प्रयोगात्मकमा १०० पूर्णाङ्क​ रहेकोमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ। यो निर्देशिका देशैभरि लागु भइसकेको पनि विभागले जनाएको छ।



 प्रतिक्रिया


 थप

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?


ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या


यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने


सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित

सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित


छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !


मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !


माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post